ताजा अपडेट »

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

विहीबार, ०५ माघ २०७९, १६ : १५
22 Shares
विहीबार, ०५ माघ २०७९
22 Shares

काठमाडौं ।  सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै,आज एनआइसिएसिया बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आदर्श लघुवित्त बित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीकाे मूल्य उकलो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ ।  बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।