ताजा अपडेट »

एमालेका नेम्वाङले प्रस्ताव गरे घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव

विहीबार, ०५ माघ २०७९, १२ : ११
28 Shares
विहीबार, ०५ माघ २०७९
28 Shares

काठमाडौं । एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।

लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन् । नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् ।

घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहेका छन् । उनले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।