बुटवल । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हात हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।
उनीहरु 'रोयल ग्रुप' नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका-१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरि कुल ३५ राउण्ड गोली पक्राउ गरेको छ।
तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ । नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वयच्छिक अवकास लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ । रुपन्देहीका उद्योगी व्यवसायीहरुको लिष्ट नै तयार पारी १० हजारदेखि लाखौ रकमसम्म असुलीका लागि धम्की दिने गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।
२ हप्ता अगाडि उजुरी आएपछि अनुसन्धानमा लागेको उनले बताए । उनीहरुलाई म्याद थप गरि हात हतियार तथा बिस्पोटक पदार्थ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया