ताजा अपडेट »

पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

सोमबार, ०२ माघ २०७९, १२ : ३९
38 Shares
सोमबार, ०२ माघ २०७९
38 Shares

पोखरा ।  आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ । सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन ।

उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो । शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।