बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री चेतनारायण आचार्यलाई दिने निर्णय गरेको छ ।
प्रतिक्रिया