ताजा अपडेट »

सेयर बजार ४१.०४ अंकले घट्यो

विहीबार, २८ पुस २०७९, १५ : ५२
47 Shares
विहीबार, २८ पुस २०७९
47 Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालाे लागेकाे छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ । 

यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार (पुस २७ गते) भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो । साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ कराेडभन्दा बढीको कारोबार भएको छ । शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुमारी धनबृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २१ कम्पनीमा उकलो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ । आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।