ताजा अपडेट »

लुम्बिनीमा एमाले नेता गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनको दाबी पेस

बुधबार, २७ पुस २०७९, १४ : ०४
22 Shares
बुधबार, २७ पुस २०७९
22 Shares

बुटवल ।  नेकपा एमालेका संसदीय दलका नेता लिला गिरिको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ।

आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धन सहित २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षर लिएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन। नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसदहरु र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश गरिएको एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।