बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीले दाबी पेश गर्दै छन् । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ जना, नागरिक उन्मुक्तिसंग ४ तथा लोसपाको ३ सिट र स्वतन्त्र २ जनासहित ५८ जनासांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यायल पुगेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको आवश्यक पर्छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया