ताजा अपडेट »

प्रदेश १ काे सभामुखमा माओवादीका गौतमको उम्मेद्वारी, कांग्रेसले उम्मेदवारी नदिने

मंगलबार, २६ पुस २०७९, १६ : ३०
18 Shares
मंगलबार, २६ पुस २०७९
18 Shares

विराटनगर । प्रदेश १ मा सभामुख पदका लागि माओवादीका प्रदेश भा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी भएका हुन् । एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक  र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएकाे छ । कांग्रेस संसदीयय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्बारी नदिने निर्णय गरेको काङ्ग्रेस दलका नेता उद्वव थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।