ताजा अपडेट »

सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ?

सोमबार, २५ पुस २०७९, १२ : ४०
40 Shares
सोमबार, २५ पुस २०७९
40 Shares

काठमाडौं । सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ  थियो ।गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सोहि दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।