ताजा अपडेट »

२० अंकले बढ्यो सेयर बजार

आइतबार, २४ पुस २०७९, १५ : ४२
16 Shares
आइतबार, २४ पुस २०७९
16 Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.४८ अंकमा पुगेको छ । आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ । आज खप्तड लघुवित्त र बारही हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।