ताजा अपडेट »

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

आइतबार, २४ पुस २०७९, ११ : ५१
37 Shares
आइतबार, २४ पुस २०७९
37 Shares

काठमाडौं। सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८००  रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । 
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।