ताजा अपडेट »

बुटवलको इन्टलेक्च्यूअल स्कुलको १३ औं साधारण सभा सम्पन्न

शनिबार, २३ पुस २०७९, २० : ०७
59 Shares
शनिबार, २३ पुस २०७९
59 Shares

बुटवल । बुटवल-११ कालिकानगरमा अवस्थित इन्टलेक्च्यूअल स्कुलको १३ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्कुल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको साधारण सभाले स्कुलका शिक्षण सिकाईसहित भावी योजनाका बारेमा बृहत छलफल भएको थियो ।

शिक्षण सिकाई क्रियाकलापमा अब्बल सावित भएकोले ब्रिटिश काउन्सिलद्वारा प्रदान गर्ने सन २०२०/०२३ का लागि अन्तर्राष्ट्रिय स्कूल अवार्ड समेत प्राप्त गरेको स्कूलले "सिकाई सर्वाङ्गीण विकसका लागि" भन्ने मूल लक्ष्य सहित आफ्ना गतिविधि अगाडि बढाइरहेको छ।  मन्टेश्वरीदेखि कक्षा १० सम्म संचालित स्कूललाई आगामी दिनमा गतिशील समाजसँगै सिकाईमा गतिशीलता जरुरी भएको साधारण सभामा जोड दिएको थियो । सो अवसरमा स्कूल सञ्चालक समितिका संचालक एव प्रबन्ध निर्देशक रामराज पोख्रेलले स्कूलको वर्तमान र भावी योजना सहितको विस्तृत कार्ययोजना प्रस्तूत गरेका थिए ।

कार्यक्रममा लेखा समिति संयोजक पारशमणी भण्डारीले स्कूलको आर्थिक प्रतिवेदन पेश गरेका  थिए । सञ्चालक तथा शेयर सदस्य दिल्लीराज अर्याल, बालकुमारी भण्डारी, बुद्धिमान थापा, गणेश सेडाई, मदनलाल बसेल, माया पौडेल, धर्म एस के, जिवाखर अर्याल, खेमनारायण अर्याल, लक्ष्मण कुँवर, युवराज अर्याल, यादव पाैडेल लगाएतले स्कूलले अहिलेसम्म गरिरहेका शिक्षण सहितका गतिविधिको मूल्याकंन गर्दा स्कूलको भविष्य उज्ज्वल नै रहेकोले आगामी दिहरूमा थप परिस्कृत गराउँदै लैजानुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।