ताजा अपडेट »

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्बदलीय बैठक

शुक्रबार, २२ पुस २०७९, १० : २९
76 Shares
शुक्रबार, २२ पुस २०७९
76 Shares

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।