ताजा अपडेट »

इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएप्रति क्यान महासंघले गरायो ध्यानाकर्षण

शुक्रबार, २२ पुस २०७९, ०९ : १८
39 Shares
शुक्रबार, २२ पुस २०७९
39 Shares

बुटवल । पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएप्रति कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले ध्यानाकर्षण गराएको छ । क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्टरनेट राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भइसकेको बताउँदै जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको उसले जनाएको छ । ‘सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ ।’–महासचिव चिरञ्जीवी अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,– नेपाल विद्युत प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) लगायतका सरोकारवाला बीच तत्काल साझा समझदारी बनाउन क्यान महासंघ अनुरोध गर्दछ ।

उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णय तथा निर्देशन गर्न आग्र गर्दै भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न क्यान महासंघले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।