ताजा अपडेट »

नेपाल प्रेस युनियनको अधिवेशनमा माइक खोसाखोस

विहीबार, २१ पुस २०७९, १४ : ०५
74 Shares
विहीबार, २१ पुस २०७९
74 Shares

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेका हुन् । अधिवेशनमा सहभागी एक व्यक्तिले दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए । उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले माइकनै चुडाई दिएका छन् ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा‍. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायतको सहभागीता छ । उनीहरूको अगाडि दुई पक्षबीच धकेला धकेल भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।