ताजा अपडेट »

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

विहीबार, २१ पुस २०७९, ११ : ०३
24 Shares
विहीबार, २१ पुस २०७९
24 Shares

काठमाडौं। सर्लाही र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलले  ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएर्को लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाईनियन्त्रणमा लिइसकेको छ । 

झापाको कमल गाउँपालिका ५ लवडाँडामो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटरमा समेत मोटरसाइकल  ठोकिएको थियो  । घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाकै शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा  भइरहेको छ । दुवै चालक र ३ वटै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।