ताजा अपडेट »

हुस्सु र चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै

विहीबार, २१ पुस २०७९, ०७ : ३६
131 Shares
विहीबार, २१ पुस २०७९
131 Shares

बुटवल । हुस्सुसँगै चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पछिल्लो केही दिनयता रुपनदेहीसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दीया तथा अन्य जिललाहरुमा समेत चिसो बढेको छ । चिसो अत्याधिक बढेपछि केही जिल्ला तथा स्थानीय तहहरुले शैक्षिक संस्थामा पठनपाठन समेत बन्द गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।