ताजा अपडेट »

छुरा प्रहार गरी भागेका ५ जना पक्राउ

बुधबार, २० पुस २०७९, १८ : ४३
24 Shares
बुधबार, २० पुस २०७९
24 Shares

काठमाडौं । काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

गत शनिबबार (१६ पुस)मा काठमाडौ-३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जानकारी दिएको छ । 

तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसले जनाएको छ । 

घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई–१ स्थित एउटा घरमा लुकि छिपी बसेको अबस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डी-७ बेलटारका १८ वर्षीय  निश्चल राई,  सिन्धुली फिकल-३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय  मनोज कुँवर, रौतहट बौधीमाई-१ का  १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ  । 

उनीहरुको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप  गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।