ताजा अपडेट »

माओवादीमै फर्किए लुम्बिनीका स्वतन्त्र सांसद मगर

बुधबार, २० पुस २०७९, १३ : ०२
37 Shares
बुधबार, २० पुस २०७९
37 Shares

काठमाडौं । रोल्पा १ ख० बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए ।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन् । उनले माओवादी केन्द्रका नेता रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सांसद वर्षमान पुन सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।