ताजा अपडेट »

देशको अर्थतन्त्रबारे प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

बुधबार, २० पुस २०७९, १२ : १४
38 Shares
बुधबार, २० पुस २०७९
38 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिएका हुन् । 

देशको अर्थतन्त्रप्रति चासो राखेका प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिए । ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।