ताजा अपडेट »

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी

सोमबार, १८ पुस २०७९, १० : २७
22 Shares
सोमबार, १८ पुस २०७९
22 Shares

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।

दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । 

दलको नेतामा डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरीले पनि दाबी गरेका थिए । तर, संस्थापन पक्षका चौधरी सर्वसम्मत चयन भएका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।