ताजा अपडेट »

लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउछौं : पाण्डे

आइतबार, १७ पुस २०७९, २० : ४३
22 Shares
आइतबार, १७ पुस २०७९
22 Shares

भैरहवा । लुम्बिनी प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउने बताएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम पश्चात ग्लोबल आवाज संग कुराकानी गर्दै पाण्डेले प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकिय प्रदेश बनाउने परिकल्पना गर्दै पहिलो कार्यकाल सकाएको बताए । उनले अब यसैलाई निरन्तरता दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी समग्र प्रदेशलाई पर्यटकिय प्रदेशको रुपमा विकसित गर्ने बताए ।

“विश्वमा लुम्बिनी प्रदेश पर्यटनकै प्रदेश हो भन्ने हिसाबले अगाडी बढाउछौं र चिनाउन सफल हुनेछौं ।” पाण्डेले भने “अर्को तर्फ भौतिक पूर्वाधारको दृष्टिले विगतमा भएका कामलाई निरन्तरता दिदै बहुबर्षिय आयोजनाहरुलाई अगाडी बढाउन पहल गर्नेछु ।” उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु एक भएर बिकासमा अगाडी बढ्ने र आफुले यसमा सहयोग गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।