ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

आइतबार, १७ पुस २०७९, १२ : ००
20 Shares
आइतबार, १७ पुस २०७९
20 Shares

काठमाडौं । सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।