बुटवल । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले कुनै पनि ठाउँमा पुग्न सहज हुने तर त्यसमा टिकिरहन जटिल हुने बताएका छन् ।
बुटवलमा रहेकाे वागेश्वरी संगीत तथा कला एकेडेमीले सञ्चालन गरेकाे बहुलाकाजीकाे सपना मञ्चन नाटककाे समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले फरक धारबाटै हिँडेर मानिसले फरक पहिचान बनाउन सफल हुने बताएका हुन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि विश्वकर्माले साहित्यले हरेक क्षेत्रलाई बाटाे देखाउने बताउँदै वागेश्वरी कला तथा संगीत एकेडेमीले यसमा महत्त्वपूर्ण भूमिकाल खेलेकाे बताएका हुन् ।
साहित्यकार विजय मल्लद्वारा लिखित नाटक बहुलाकाजीकाे सपना नाटककलाई निर्देशन गरेका निर्देशक राजकुमार पुडासैनीले पुराना कुरालाई छाेडेर नयाँ कुरालाई आत्मसाथ गर्नुपर्ने बताए । कार्यक्रममा बाेल्दै उनले चेतनाकाे विकास साहित्यले गर्ने बताउँदै आगामी दिनमा अझ शशक्त ढंगले अन्य नाटकलाई मञ्चन गर्ने बताए ।
कार्यक्रममा बाेल्दै साहित्यकार ऋषिराम भुसालले राम्राे कुरा गर्नेलाई तत्कालकाे समयमा बहुला भनिने गरेकाे बताउँदै नाटक २००४ सालमा लेखिएको भएपनि अहिलेकाे समयमा समय सान्दर्भिक रहेकाे बताए । ब्रहमकुमारी ईश्वरीय विश्व विद्यालयका अध्यक्ष कमला दिदीले जीवनमा पहिलाे पटक थिएटर नाटक हेरेकाे बताउँदै यस नाटकमा मञ्चन गर्ने कलाकारहरूले अत्यन्तै मार्मिक तरिकाले नाटक प्रस्तुत गरेकाे बताइन् । नेपालीहरू आफैमा स्वाभिमानी भएकाे बताउँदै धनकाे धनी नभए पनि मनकाे गरिब हुन नहुनेमा जाेड दिइन् ।
कार्यक्रममा नाटक मञ्चन अवधिभर नाटकमा अभिनय गर्ने कलाकारहरूलाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे ।कार्यक्रमकाे समापन गर्दै एकेडेमीका प्रिन्सिपल शुरेश सेन्चुरीले संगीत र साहित्यका माध्यमबाट समाजका लागि केही दिन चाहेकाे बताउँदै अब छिट्टै नै एक चिहान नामक नाटक मञ्चन गर्ने बताए ।एकेडेमीका प्रिन्सिपल सुरेश सेन्चुरीकाे अध्यक्षता रहेकाे कार्यक्रममा सञ्चालक लालीमाया श्रेष्ठले स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया