ताजा अपडेट »

स्वीभट् टेक्नोलोजीको ५ औं वार्षिक साधारण सभा ३० डिसेम्बरमा

विहीबार, १४ पुस २०७९, १६ : ५७
36 Shares
विहीबार, १४ पुस २०७९
36 Shares

काठमाडौँ । हङकङ र नेपालमा कार्यक्षेत्र बनाएको अग्रणी डिजिटल एजेन्सी स्वीभट् टेक्नोलोजीले आफ्नो ५ औं वार्षिक साधारण सभा ३० डिसेम्बरमा गर्ने भएको छ ।

काठमाडौंको नागपोखरीस्थित मेरियट होटलमा आयोजना हुने साधारण सभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सांसद विष्णुप्रसाद पौडेल, सांसद लक्की शेर्पा, अष्ट्रेलियाका लागि नेपाली राजदूत पीजे श्रेष्ठ, डा महावीर पुनलगायत विशेष अतिथिको उपस्थिति रहने जनाइएको छ ।स्वीभट् टेक्नोलोजीले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र आर्थिक वर्ष २०२२र२३ का लागि लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गर्नेछ ।

वेबसाइट र एप विकास र डिजिटल मिडिया मार्केटिङमा विशेषज्ञता प्राप्त टेक्नोलोजीसँग नवीनतम कोडिङ भाषाहरूमा विशेषज्ञता र व्यापारको बलियो सुझबुझ भएका डिभलपरहरुको प्रतिभाशाली टोली रहेको बताइएको छ । उनीहरुमा टेक ट्यालेन्ट सोर्सिङ र अन्य किस्महरूमा पनि उच्च कुशलता रहेको कम्पनीले जनाएको छ । स्विभ्ट् टेक्नोलोजीस् ‘डिजाईन रस’ को एक विश्वसनीय साझेदार भएको र हङकङ उत्पादकता परिषदद्वारा मान्यता प्राप्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनी जिम्मेवारीमा ध्यान केन्द्रित गरी आकर्षक र उपयोगी डिजिटल मार्केटिङ सामग्रीको सिर्जना गरी आफ्ना ग्राहकहरूको अनलाइन सेवा सफल बनाउन मद्दत गर्न प्रतिबद्ध रहेको छ । साधारण सभाले कम्पनीको व्यावसायिक निर्धारणका लागि विभिन्न प्रस्तावहरू पनि प्रस्तुत गर्नेछ । स्विट् टेक्नोलोजीस्ले सबै सरोकार पक्षहरूलाई साधारण सभामा उपस्थित भई कार्यक्रमको हिस्सा बन्न आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।