काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ ।
लामिछाने बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका छन् । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरूको भनाइ छ । गत साताका लागि पेसी तोकिए पनि बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए ।
प्रतिक्रिया