ताजा अपडेट »

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

विहीबार, १४ पुस २०७९, १० : २८
32 Shares
विहीबार, १४ पुस २०७९
32 Shares

उज्वेकिस्तान ।  उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ । 

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ । 

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।-एजेन्सी 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।