ताजा अपडेट »

तराईमा चिसो बढ्दै, जनजीवन प्रभावित

विहीबार, १४ पुस २०७९, ०७ : ३६
52 Shares
विहीबार, १४ पुस २०७९
52 Shares

बुटवल । पछिल्लो केही दिनदेखि रुपन्देही लगायत तराईका जिल्लाहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन समेत प्रभावित भएको छ । विहबार पनि विहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ ।  दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।