ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा सदस्यको सपथ १६ गते हुने

बुधबार, १३ पुस २०७९, १५ : १७
48 Shares
बुधबार, १३ पुस २०७९
48 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई १६ गते सपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

आज मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले माननीयहरुको सपथ ग्रहणका लागि १६ गते दिउसो १ बजे प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । यस्तै सरकारका प्रवक्ता लुम्बिनी तिलकराम शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गरे ।

लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सथम गराउने गरी तयार गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।