ताजा अपडेट »

हिमपहिरोमा १० जना पयर्टक पुरिए

सोमबार, ११ पुस २०७९, १० : ३७
22 Shares
सोमबार, ११ पुस २०७९
22 Shares

भियन । पश्चिमी अस्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । 

‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ  । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३  बजे गएको थियो । लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो । 

‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो ।-एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।