ताजा अपडेट »

महोत्तरीमा एक मजदुरको मलद्वारमा पेट्रोल छर्की आगो लगाएर हत्या

सोमबार, ११ पुस २०७९, ०६ : ०९
8 Shares
सोमबार, ११ पुस २०७९
8 Shares

धनुषा । महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ । सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो ।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।

गएको बुधवार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीको जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएको थियो । 

सलामले अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएको र महिनाको १५ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो ।

प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।