ताजा अपडेट »

गठनबन्धन टुट्यो भन्दै प्रचण्ड बालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल

आइतबार, १० पुस २०७९, १३ : ५०
6 Shares
आइतबार, १० पुस २०७९
6 Shares

काठमाण्डौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका छन् । आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केकाे नेता पौडेलकाे भनाइ छ ।   

पौडेलले भने, 'प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।' 

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।