पुस ११,
ग्लोबल आवाज
बुटवल । “हरेक शुक्रबार श्रृजनशिल शक्रबार” श्रृङ्खला अन्तर्गत सैनामैना–१, आदर्शपथ स्थीत सैनामैना मेमोरियल स्कुलमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता तथा हिज्जे प्रतिस्पर्धा सम्पन्न भएको छ । विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित कक्षा ३ देखी ६ सम्मका विद्यार्थीहरुबिचको अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा अपेक्षा अर्याल प्रथम, अमृत घिमिरे द्वितिय र सुदन पान्डे तृतिय हुन सफल भएका छन् ।
उक्त तहमा अध्ययन गर्ने विद्यार्थीहरुबिच भएको प्रतियोगितामा विद्यार्थिहरुले “अङ्ग्रेजी भाषाको महत्व “ भन्ने शिर्षकमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यसैगरी कक्षा ७ देखी १० सम्मका विद्यार्थिहरुबिच “विकासमा लगानीको भूमिका” भन्ने शिर्षकमा आयोजित प्रतियोगितामा अनिल घिमिरेप्रथम, नबिन खनालद्वितिय र सुबाश पोख्रेलतृतिय हुन सफल भएका छन् । साथै प्ले ग्रुपदेखी कक्षा २ सम्म सञ्चालन भएको हिज्जे प्रतिस्पर्धामा अध्ययनरत इरिका पौडेल , निवन गिरि, आरोही खनाल, दिया घिमिरे, अश्विन भुषाल, प्रीन्शा भण्डारी , आर्जु भण्डारी, आदित्य अर्याल, सदिक्षा भुसाल, त्रीशा घिमिरे, सोनाक्षी तिवारी, सुप्रीमा के.शि, अजय बि.क, बिबिशा खनाल, स्मारिका कुसारि, निशा पराजुली र सुशान्त पौडेल प्रथम हुन सफल भएको जानकारी विद्यालयका सञ्चार संयोजक श्री लक्ष्मण पान्डेले दिए ।
यसैगरी भोली पौष १२ गते शनिवार प्रा.वि , नि.मा.वि तथा मा.वि.तहका विद्यार्थीहरुका अभिभावकहरुबिच स्वास्थ्य सम्बन्धी महत्वपुर्ण जानकारी र अन्तक्रिया कार्यक्रम सञ्चालन हुने कुरा विद्यालयका प्राचार्य श्री जे.बि. क्षेत्रीले बताए ।
प्रतिक्रिया