ताजा अपडेट »

संस्कृत पढ्दै थारु विद्यार्थी !

शुक्रबार, ११ पुस २०७६, १४ : ३४
20 Shares
शुक्रबार, ११ पुस २०७६
20 Shares

पुस ११,

सुमन केसी / ग्लोबल आवाज

दाङ । जनता विद्यापीठ बिजौरी दाङमा थारु समुदायका विद्यार्थीहरुको चाप धेरै छ । संस्कृत भाषको अध्यापन हुने उक्त विद्यालयमा थारु समुदायका वालवालिकाहरुको वाहुल्यता रहेको छ । तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा रहेको उक्त विद्यालयमा कक्षा ४ देखि नै संस्कृत शिक्षा पढाई हुन्छ । जसमा सबैभन्दा बढी थारु समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने गर्दछन् ।

नेपालको संविधान- २०७२ भाग तिनको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ शिक्षासम्बन्धी हकमा उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको व्यवस्था गरेको छ । नेपालको संविधान- २०४७ ले पनि प्राथमिक तहसम्म मातृभाषामै पढ्न पाउने अधिकार सुनिश्चित गरेको थियो । तर अन्य समुदायिक विद्यार्थीहरुले भने आफ्नो भाषा पढाईभन्दा संस्कृत भाषा तिर बढि ईच्छुक देखिएका छन् । कक्षा १० मा अध्यनरत शोभा चौधरीले आफ्नो मातृभाषा भन्दा संस्कृत भाषा पढ्दा राम्रो लागेको अनुभव सुनाइन् । संस्कृत भाषामा विज्ञता हासिल गर्ने लक्ष्य रहेको समेत उनले वताइन् ।

त्यसैगरी कक्षा- १० मै अध्ययनरत अर्की छात्रा निमा शर्माले आफुले संस्कृत भाषामा पढ्न पाउँदा खुशी लागेको वताइन् । आफुले अध्ययन गरेको संस्कृत विषयलाई लिएर आमा बुवा पनि खुशी भएको निमाको अनुभव छ । प्रशंसा थापाले पनि संस्कृत पढ्दा राम्रो लागेको बताउछिन् । पढ्न र बुझ्न गाह्रो छ तथापी नजानेका शब्दहरु गुरुहरुको सहयोग लिने गरेको उनको भनाई छ । साहित्य विषयका शिक्षक टिकाराम पौडेलले विद्यार्थीहरुलाई नेपाली र संस्कृत भाषाबाट अनुवाद गरेर पढाउँदै आएको वताए । उनले साहित्य बिषयमा छात्रभन्दा छात्राहरुको बढि रुचि भएको भन्दै ति मध्यमा धेरै जसो चौधरी र बाँकी अन्य जातका विद्यार्थीहरुले पढ्दै आएको वताए । त्यसैगरी उनले पाठ्यक्रम परिमार्जन गर्नु पर्ने समेत वताए । कक्षा ९ मा भन्दा कडा १० मा सरल विषय भएकाले त्यो परिमार्जन गर्नुपर्ने उनको भनाई छ ।

त्यसैगरी विद्यालयमा १० सम्मका विद्यार्थीहरुले संस्कृत अनिवार्य रुपमा पढ्ने गरेको भएता पनि त्यसपछि आफ्नो अभिरुचि अनुसार नै यो विषय पढ्ने गरेको विद्यालयका प्रध्यानाध्यापक पदम बहादुर रावतले वताउछन् । संस्कृत विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गएपछि विद्यालयले संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुलाई मासिक २५० सय छात्रबृत्ति उपलब्ध गराउने गरेको छ । तर पाठ्क्रम परिमार्जन नगर्दासम्म विद्यार्थीहरु संस्कृत तर्फ आकर्षण नहुने पनि प्रधानाध्यापक रावतको तर्क थियो । यता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देबराज विश्वकर्माले सबै विद्यार्थीहरुको रुचि चहानाको विषय नभएको भन्दै संस्कृत विषयलाई जोगाउनु पर्ने वताए । उनले संस्कृत विश्वविद्यालयले पाठ्क्रम परिमार्जन गनुपर्ने कुरामा जोड दिए । अहिले जुन परिवारमा संस्कृत बाताबरण छ, त्यो परिवारका विद्यार्थीहरुले मात्र पढ्न सक्ने अवस्था भएकाले सबैको रुची बढाउने विषयमा संस्कृत विश्वविद्यालयले सोच्नु पर्ने उनको भनाई छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले विभिन्न जातजातिको भाषाहरु संरक्षण गर्नको लागि र विद्यार्थीहरुलाई आफ्नै मातृभाषा सिक्नको लागि विद्यालयहरुमा मगर भाषा शुरु भएको र थारु भाषाको पाठ्यपुस्तक बनाएर पढाउने तयारी भैरहेको पनि संयोजक विश्वकर्माले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।