ताजा अपडेट »

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

सोमबार, ०४ पुस २०७९, १० : २८
66 Shares
सोमबार, ०४ पुस २०७९
66 Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।