ताजा अपडेट »

‘शिक्षकहरु उत्तरदायी र जवाफदेहि बन्नुपर्ने’

शुक्रबार, ११ पुस २०७६, १३ : ४६
26 Shares
शुक्रबार, ११ पुस २०७६
26 Shares

पुस ११,

ग्लोबल आवाज

बगलुङ । बागलुङ क्षेत्र नं. २ (क) का प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले अबको विद्यालय बालमैत्रि, सरसफाई युक्त, व्यवस्थापकीय पक्ष बलियो भएको हुनु पर्ने र शिक्षकहरु उत्तरदायी र जवाफदेहि बन्नु पर्ने बताएका छन् । त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङ को ६० औं वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद वुढाले राम्रो नमुना विद्यालय हाम्रो हुनुपर्ने बताएका छन् ।

सांसद वुढाले शिक्षा, स्वास्थ्यलाई संविधानले मौलिकहकको रुपमा व्याख्या गरेको भन्दै शिक्षा स्वास्थ्य सवैको पहुँचमा हुने र माध्यमिक तहको शिक्षा स्थानीय तहको अधिकारमा भएकोले स्थानीय सरकारले आफ्नो दायित्व बोध गर्दै कार्य कुशलता प्रदर्शन गर्नुपर्ने बताएका छन् । अहिलेको परिर्वतीत सन्दर्भमा परम्परागत सोच भत्किनुपर्ने भन्दै जनतालाई अधिकार सम्पन्न गराउनको लागि कामका तरिकामा परिवर्तन ल्याउनुपर्ने पर्नेमा जोड दिएका छन् । नेपालमा अस्थिरता निम्ताउन विभिन्न शक्ति केन्द्रहरु खेल्न खोजेको भन्दै राजनीतिक नेतृत्व, सामाजिक अगुवा चनाखो हुनु पर्ने समेत औलाएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुुुसालले सबैैको एकताले त्रिभुवन मावि नमुना हुन सफल भएको बताएका छन् । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका भुसालले शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न समितिको क्रियाशिलता र एकताले विद्यालय आजको अवस्थामा आएको भन्दै स्थापनादेखि वर्तमान सम्म काम गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले ३ करोड वढिको आर्थिक तथा भावि कार्यक्रम सहितको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।