पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाको कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसममा विद्यार्थीलाई विद्यालयसम्म आउन कठिनाई हुन थालेपछि न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ पाल्पा भैरबका अध्यक्ष सचिन विष्टले जानकारी दिए ।
अधिकांश कुमाल समुदायका विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा एकसरो कपडा लगाएर विद्यालय आउन विद्यार्थी बाध्य बनेका थिए । जिल्लाको सामाजिक क्रियाकलापमा सक्रिय लायन्स क्लब अफ पाल्पा भैरबले विद्यार्थीलाई चिसोबाट जोगाई उनिहरुको पढाई र स्वास्थ्यमा सहजता ल्याउन टेवा पुग्ने क्लब अध्यक्ष विष्टले बताए । बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने १ सय जना विद्यार्थीलाई ट्रयाक वितरण गरिएको कार्यक्रमका संयोजक सुमन पाण्डेले जानकारी दिए ।
न्यानो कपडा वितरण कार्यक्रमका रिब्दीकोट गाउँपालिका-१ का वडा सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर कुमालले अल्पसंख्यक कुमाल समुदायका विपन्न विद्यार्थीलाई चिसो मौसममा न्यानो कपडा वितरणले उनिहरुको पढाईमा टेवा पुग्ने बताए । यस्तै वडा सदस्य भिम बहादुर कुमालले विपन्नताले जाडो छल्न एकसरो कपडा लगाउन बाध्य विद्यार्थीलाई न्यानो कपडाले राहात मिल्ने बताए ।विद्यालयका प्रधानध्यापक सुरेश बहादुर कुमालले विद्यार्थीलाई कपडाको अभावमा विद्यालय आउजाउ गर्न कठिनाई भईराखेको बखत न्यानो कपडा वितरणले ठूलो सहयोग मिल्नुको साथै पढाई र स्वास्थ्य दुबैमा टेवा पुग्ने अपेक्षा ब्यक्त गरे ।
प्रतिक्रिया