ताजा अपडेट »

विश्वकै ठूलो एक्वैरियम फुट्यो, १० लाख लिटर पानीले सडकमा बाढी

शनिबार, ०२ पुस २०७९, १० : ००
8 Shares
शनिबार, ०२ पुस २०७९
8 Shares

बर्लिन । बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्। १५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई  संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो ।

विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् । त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ । भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्याङ्की देखाइएको छ । पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए । एक्वैरम चर्को आवाज र कम्पनले फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।