ताजा अपडेट »

मानवताका लागि संगीत यात्रा : नेपथ्य ब्याण्ड शनिबार साँझ बुटवल आउँदै

शनिबार, ०२ पुस २०७९, ०७ : १७
18 Shares
शनिबार, ०२ पुस २०७९
18 Shares

बुटवल । 'मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित नेपथ्य ब्याण्डको सांगीतिक टोली शनिबार साँझ बुटवल आउँदै छ । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल-१२ रामनगरमा कार्यक्रम गर्ने भएको हो ।

चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा साँगेतिक कार्यक्रमका लागि आउने भएपछि टिकट बिक्रि सुरु भएको छ ।  सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित गर्नेछन् ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन गायक गुरुङले आव्हान गरेका छन् । मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट शुरु भएको साँगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेतपछि बुटवल आउन लागेको हो । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ । 

पुस ३ गते धनगढी, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाण्डौं पुग्नेछ। काठमाण्डौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ। 

चितवनमा सम्पन्न कन्सर्ट

ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ। ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गरिरहेको छ ।

चितवनमा सम्वन्न कार्यक्रम
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।