झापा । प्रहरीले नेपालबाट अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार राति झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको झोला र पोते बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका–६ का बाबुल राजवंशीलाई समेत नियन्त्रणमा लिइएको छ ।
बरामद सामग्रीसहित राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया