ताजा अपडेट »

चिसो बढेपछि बुटवलका विद्यालय ३ दिन बन्द

विहीबार, १० पुस २०७६, २० : ५०
30 Shares
विहीबार, १० पुस २०७६
30 Shares

पुस १०,

ग्लोबल आवाज

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले पुस ११ गते शुक्रबारदेखि पुस १३ गते आइतबारसम्म (तीन दिन) विद्यालय बन्द गर्ने भएको हो । उपमहानगरपालिकाको बिहीबार सूचना प्रकाशित गर्दै उपमहानगरपालिका क्षेत्र भित्रका सबै विद्यालयहरुमा स्थानीय विदाबाट कट्टा हुने गरी विदा गर्न विद्यालयहरुलाई भनेको छ ।

पुस १० गतेको निर्णय अनुसार विद्यालय विदा गर्ने सम्बन्धि सूचना प्रकाशित गरिएको बुटवल उपमहानगरपालिका सामान्य प्रशासन महाशाखाका वरिष्ठ अधिकृत शिवनारायण शाहले बताए ।केही दिनदेखि रुपन्देहीसहित तराई-मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहर समेतले चिसो बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।