ताजा अपडेट »

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा, लुम्बिनी घुम्न रुपन्देही आउने

विहीबार, २९ मंसिर २०७९, ०५ : १८
41 Shares
विहीबार, २९ मंसिर २०७९
41 Shares

बुटवल । बलिउड अभिनेता विवेक ओबराय बुधबार सपरिवार काठमाण्डौं आइपुगेका छन् । नेपाल भ्रमणमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
आज विहान पशुपतिनाथको दर्शनपछि चन्द्रागिरीको भ्रमण गर्ने र त्यसपछि पोखरा जाने तालिका रहेको जनाईएको छ । पोखरामा रहँदा उलने प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्नुका साथै पोखराका पर्यटकीय ठाँउको भ्रमण गर्ने बताईएको छ ।

पोखरापछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको घोरेपानी पुग्नेछन भने त्यहाँ छोटो पदयात्रापछि पुनः पोखरा आई भैरहवा आउने कार्यक्रम रहेको छ । भैरहवामा रहँदा बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोटको समेत भ्रमणगरी भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा सहभागी हुने छन् । त्रिभुवन विमानस्थलमा बुधबार बेलुका अवतरण गरेका उनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरी स्वागत गरिएको थियो ।  विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले नेपाल भ्रमणको उद्देश्य र यहाँ बस्दाको कार्यतालिका बारे जानकारी गराए ।

उनले आफू यसअघि नेपाल नआएको तर बुवाआमा धेरै पटक नेपाल आएको बताए । उनले भने, 'मलाई पशुपतिनाथको दर्शन गर्नु थियो र बच्चाहरुलाई पनि नेपाल देखाउनु थियो । नेपाल र भारत बीच नजिकको सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुले पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ ।' यसैगरी उनले लुम्बिनी र पोखरा घुम्ने इच्छा भएको उल्लेख गरे । ओबराय ३ दिन काडमाण्डौ, ६ दिन पोखरा तथा १ दिन भैरहवामा रहने र २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम रहेको छ ।

सन् २००२ मा ‘कम्पनी’ फिल्मबाट डेब्यु गरेका विवेक पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा देखिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।