ताजा अपडेट »

प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै

बुधबार, २८ मंसिर २०७९, १५ : ५४
26 Shares
बुधबार, २८ मंसिर २०७९
26 Shares

काठमाडौं । प्रतिनिधिसभाभन्दा प्रदेश सभामा महिला सांसद संख्या धेरै देखिएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा भन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको हो । 

प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएका छन् । 

आयोगले प्रतिनिधि सभातर्फको अन्तिम परिणाम भोलि राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ भने प्रदेश सभाको अन्तिम परिणाम यही पुस २ गते प्रदेश प्रमुखसमक्ष पेस गर्ने भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।