बुटवल। सरकारले धानको समर्थन मुल्य तोकेपनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपुर्तीका लागि आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन थप चर्काउने भएका छन् ।
नेकपा एमाले निटक अखिल नेपाल किसान महासंघ र नेपाली काग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको हो ।
बुधवार बुटवलमा भएको संयुक्त भेलाबाट गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा भए गरेका प्रगतिको विषयमा विहिवार जिल्ला प्रशासन कार्यालयमा धार्ना सहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पुर्व मन्त्री आरती पौडेलले जानकारी दिए । बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा बोल्दै पुर्व मन्त्री पौडेलले किसानको समस्या समाधानको लागि सरकार उदाशीन भएको कारण आन्दोलनका थप कार्यक्रम चर्काउने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार पहिलोचरणमा मंसिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेरपहिला प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यनार्कष्ण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । करिव ३ देखि ४ सय किसानहरुको सहभागीतमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पुर्व मन्त्री पौडेलको भनाई रहेको छ । यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरका अनुसार गत मंसिर २५ गते धानको समर्थन मुल्य अनुसार धान खरिद गर्नको लागि दबाब स्वरुप प्रदेशको खाद्य व्यवस्था तथा आपुर्ती कम्पनीमा गरिएको तालाबन्दी गरिएकोमा किसानको माग लाई कुल्चीदै कम्पनीले ताला तोडेर किसानको माग अपमान गरेको भन्दै यसको विरोध स्वरुप थप आन्दोलनका कार्यक्रम चर्काउने बताए ।
उनले सरकारले नै तोकेको मुल्यमा किसानको धान खरिद गर्न माग सहित खाद्य व्यवस्था तथा आपुर्ती कम्पनी प्रदेश कार्यालय भैरहवमा गरिएको तालाबन्दी लाई कम्पनी प्रशासनले सोही दिन नै तोडेर कार्य सञ्चालन गरेको प्रति आपत्त सहित घोर निन्दा र भत्र्सना गर्ने बताए । उनले किसानको माग प्रति सरकार नै उदाशिन भएको कारण अव किसान आन्दोलनको तयारी समेत गरिएको बताए । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गीरीका अनुसार संयुक्त बैठक पश्चात विभिन्न १३ बुँदे माग समेत प्रस्तुत गरिएको छ । जस अनुसार मलको आर्पुती सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समुह मार्फतवितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।
यस्तै बाली विमा अनिवार्य तथा सहुलियत गर्न माग सहित उत्पादित बस्तुको बजारीकरणको ग्यारेन्टी सरकारबाट हुनुपर्ने माग समेत गरिएको छ । यस्तै किसान कार्ड किसान परिचय पत्रको व्यवस्थापन, अनिवार्य माटो परिक्षण ल्याव व्यवस्थाको माग, सहज रुपमा सहुलियत दरमा बीऊ उपलब्ध गराईनुपर्ने माग समेत किसान संगठनहरुले गरेका छन् । यस्तै स्थानीय स्तरमा यन्त्रीकरण मार्फत उत्पादन वृद्धिमा माग गरिएको छ भने गते २५ गते खाद्य व्यवस्था, व्यापार आपुर्ती कम्पनीमा लगाईएको ताला तोडेर काम सञ्चालन भएको प्रति निन्दा गरिएको छ । मल वितरण समेत सहजताका लागि सरकार संग माग गरिएको हो ।
अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले किसानको आवाज दबाउने काम भएको भन्दै अव किसानहरुले निस्कर्षको आन्दोलनको तयारी गरेको बताए । यसको लागि सरकार तयारी रहन चेतावनी दिदै उनले पालिका गत रुपमा किसान जागरण सहितका आन्दोलनका कार्यक्रम अव सुरुवात हुने बताएका थिए । स्थानीय तहले विनीयोजन गर्ने बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोज गर्न माग सहित दबाबको कार्यक्रम समेत गरिने अध्यक्ष पन्थीले बताए ।
प्रतिक्रिया