ताजा अपडेट »

१४ फागुनमा स्ववियू निर्वाचन गर्न मागसहित त्रिवि उपकुलपति बाँस्कोटालाई अनेरास्ववियूकाे ज्ञापनपत्र

मंगलबार, २७ मंसिर २०७९, १६ : १४
2 Shares
मंगलबार, २७ मंसिर २०७९
2 Shares

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ । 

अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो । सो क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन निरन्तर नहुँदा विभिन्न कालखण्डमा विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको बताएका छन् । निर्धारित समयमा स्ववियू निर्वाचन नभए अनेरास्ववियू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।