ताजा अपडेट »

लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी

मंगलबार, २७ मंसिर २०७९, ०७ : ३६
42 Shares
मंगलबार, २७ मंसिर २०७९
42 Shares

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । 

उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार र बन्दना चौहान चयन भएका छन् ।  सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र सहकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर विक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।