ताजा अपडेट »

जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

सोमबार, २६ मंसिर २०७९, २० : १७
32 Shares
सोमबार, २६ मंसिर २०७९
32 Shares

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटना हुँदा मुख्यु हुनेको संख्या ११ जना पुगेको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा छेडागाड–५ का दिपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी र  निशा अधिकारी रहेका छन् । यसैगरी छेडागाड–६ का वीर बहादुर खत्री,  भगवती–२, दैलेखका अमर खड्का,  मान बहादुर रावत र बिरेन्द्र केसीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । 

छेडागाड–५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र सीट क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।