पुस १०,
ग्लोबल आवाज
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ६ अम्मरपुरको बुल्म आधारभुत बिद्यालयल र बुल्म युवा क्लवलाई भक्तपुरको संस्थाले सहयोग गरेको छ । मध्येपुर ठिमी भक्तपुरको ल्यायामह् पुछ सस्थाले बुल्म आभारभुत बिद्यालयका ८० जना विद्यार्थीहरुलाई पोशाक, शैक्षिक, खेलकूदका सामग्री तथा प्राथमिक स्वास्थ्य उपचारकाका सामग्री प्रदान गरेको हो ।
ल्यायामह् पुछ मध्येपुर ठिमी भक्तपुरका अध्यक्ष जुन श्रेष्ठले विद्यालयका प्रध्यानाध्यापक बम बहादुर थापालाई सामग्री हस्तान्तरण गरे । साथै बुल्म युवा क्लवलाई पनि संस्थाले खेलकुदका सामग्री प्रदान गरेको छ । बुल्म आधारभुत प्राथमिक विद्यालयमा सवै कुमाल समुदायका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । गरिब तथा बिपन्न कुमाल समुदायका बालबालिकालाई भक्तपुरबाट आएर ठुलो सहयोग पुराएकोमा वडाध्यक्ष हिरा जिसीले आभार प्रकट गरे ।
भक्तपुरको टोलीलाई विद्यालयले बुल्मको पहिचानको रुपमा रहेको वस्तु सेरामिक्सबाट उत्पादन भएको माटोका सामग्री उपहार प्रदान गरेको थियो ।
प्रतिक्रिया