ताजा अपडेट »

जबरालाई सर्वाेच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार

शुक्रबार, २३ मंसिर २०७९, १० : २४
12 Shares
शुक्रबार, २३ मंसिर २०७९
12 Shares

काठमाडौं । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएकाे छ ।

संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वाेच्च जान खोजिरहेका छन् । उनले बिुधबार पनि सर्वाेच्च प्रवेश गर्ने तयारी गरेका थिए । तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए । 

त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए । 
महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।